रेडियो   टिभी

मघाश्राद्धबारे संक्षिप्त चर्चा


ताेयराज नेपाल

तीर्थे संवत्सरे श्राद्धे पितृयज्ञे महालये।

पिण्डदानं प्रकुर्वीत युगादिभरणीमघे।।

पारस्करगृह्यसूत्र पृ•-४३१ तीर्थमा पुगेर तीर्थश्राद्ध गर्दा , एकाेद्दिष्टश्राद्धमा , महालयश्राद्धमा , पिण्डपितृयज्ञ गर्दा यदि युगादि तिथि ,भरणीनक्षत्र र मघानक्षत्र पर्यो भने पनि पिण्डदानपूर्वक यी श्राद्धहरू गर्नुपर्दछ। तर युगादिश्राद्ध गर्दा नक्षत्रप्रयुक्त भरणीश्राद्ध गर्दा र नक्षत्रप्रयुक्त मघा श्राद्ध गर्दा पिण्डदान गर्नुहुँदैन। युगादि तिथिमा , भरणी नक्षत्रमा एवं मघा नक्षत्रमा– तीर्थश्राद्ध गर्दा र एकाेद्दिष्ट एवं महालयकाे तिथि परेर श्राद्ध गर्दा पिण्ड दिएर नै श्राद्ध गर्नुपर्दछ , तिथि छाड्नुहुँदैन ,र पिण्ड नदिनुपनि हुँदैन।।जस्तै- आश्विन कृष्णत्रयाेदशी कलियुगादि हाे , त्रयाेदशीमा कहिलेकहीँ मघा पनि पर्दछ तर त्यसै त्रयाेदशीमा बाबुकाे तिथि परेमा महालयश्राद्ध पिण्ड दिएर नै गर्नुपर्दछ। युगादिश्राद्ध छुट्टै हाे, त्याे पनि गर्नुपर्दछ ।त्यसमा पिण्ड दिनुहुँदैन ।मघा श्राद्ध छुट्टै नक्षत्रप्रयुक्त श्राद्ध हाे , त्यसमा पनि पुत्र हुनेले पिण्ड दिनुहुँदैन। तर छाेरा नहुनेले मघाश्राद्धमा पिण्ड दिएर गर्दा हुन्छ।कहिले द्वादशीमा मघा पर्दछ। त्यसमा पनि बाबुकाे तिथिपरेमा महालयश्राद्ध पिण्डदिएर गर्नैपर्दछ। कहिले चतुर्दशीमा मघा पर्दछ । त्यसमा शस्त्रादिहत बाबु भए शस्त्रादिहतकाे चतुर्दशीश्राद्ध मघा परेपनि पिण्ड दिएर नै गर्नुपर्दछ। मघाश्राद्धबारे धेरैलाई भ्रम छ। मघाश्राद्ध छुट्टै हाे , महालय श्राद्ध छुट्टै हाे। मघाश्राद्धबारे केही कुरा प्रस्तुत गर्दछु।

ध•सि•सुधा- १६९ / ध• सि• हेम -१९४-१९५ ´´ अत्र त्रयाेदश्यां मघायुतायां केवलायां वा श्राद्धं नित्यम्। केवलमघायामपि श्रद्धं कार्यम्। अत्र श्राद्धविधौै बहुग्रन्थेषु बहवः पक्षाः। अपुत्रेण पुत्रिणा वा गृहिणा सपत्नीक पितृपार्वणमातामहपार्वणाभ्यां पितृव्यभ्रातृमातुलपितृष्वसृमातृष्वसृभगिनीश्वशुराद्येकोद्दिष्टगणैश्च सहितमपिण्डकं सांकल्पविधिना श्राद्धं कार्यम्। अथवा पित्रादिपार्वणद्वयं महालयवत् पितृव्याद्येकाेद्दिष्टगणांश्चाेद्दिश्य साङ्कल्पविधिना श्राद्धं कार्यम्। यद्वा दर्शवत् षड्दैवतं श्राद्धमपिण्डकं कार्यम्``… इत्यादि। मघायुक्त त्रयाेदशीका दिन अथवा केवल त्रयाेदशीका दिन अथवा केवल मघाका दिन श्राद्धगर्नु महत्त्वपूर्ण मानिन्छ।

 

Open photo

 

छाेरा नभएकाे अथवा छाेरा भएकाे गृहस्थले सपत्नीक पितृपितामहप्रपितामह , सपत्नीकमातामहप्रमातामहवृद्धप्रमातामहकाे दुई पार्वण र काका , बडाबा, दाजु ,भाइ ,मामा ,फुपु , सानिमा ठुल्यामा , दिदी ,बहिनी ,ससुरा गुरु आदि अरु एकोद्दिष्टगणपितृसमेतकालागि पिण्डरहित पार्वण श्राद्ध सांकल्पिक विधिले सिधा आदि गरेर गर्नुपर्दछ।अथवा पिताआदि सपत्नीककालागि दुई पार्वण र महालयमा जस्तै एकाेद्दिष्टगणमा पर्ने काकाआदिलाई समेत लक्षित गरी सांकल्पिक विधिद्वारा सिधा गरेर श्राद्ध गर्नुपर्दछ।अथवा दर्शश्राद्ध जस्तै षड्दैवत पिण्डरहित श्राद्ध गर्नुपर्दछ। छाेरा भएका व्यक्तिले कामना नराखी पूरा श्राद्धविधि अनुसार श्राद्ध नगरेर पिताआदिकालागि दुई पार्वण काकाआदि समेतलाई लक्षितगरी उनीहरूलाई तृप्त गराउने गरी श्राद्धकाे सट्टा केवल ब्राह्मणहरूलाई पितृस्वरूप सम्झिएर उनीहरुकाे पूजा गरी दक्षिणा गरेर भाेजन गराउनुपर्दछ। छाेरा नहुनेले पिण्ड दिँदा हुन्छ ।

 

Open photo

 

मघाश्राद्धमा पिण्ड दिनुहुँदैन भन्ने मघा नक्षत्रमा गर्नू भन्ने वचनका आधारमा मघानक्षत्रलाई निमित्त मानेर गरिने मघाश्राद्धकालागि मात्र हाे। बाबुका मृततिथिमा गरिने पार्वण श्राद्धकालागि हाेइन। त्यसकारण यस श्राद्धमा छाेरा हुनेले पिण्ड दिनुहुँदैन , भन्ने छ। तर मानिसहरू शास्त्रकाे यथार्थ तत्त्व नबुझी मघामा पिण्डदान गर्दा छाेराे मर्छ , भनेर बाबुकाे मृततिथि नै छाेडेर अरुतिथिमा महालय श्राद्ध गर्दछन् , त्यसाे गर्दा उल्टै प्रायश्चित्त लाग्दछ। किन कि ´´मृताहनि पितुर्यो वै श्राद्धं दास्यति मानवः। तस्य संवत्सरं यावत् सन्तृप्ताः पितरो ध्रुवम्।।“ ´´तिथिच्छेदाे न कर्तव्याे विनाशौचं यदृच्छया । पिण्डश्राद्धं च कर्तव्यं विच्छित्तिं नैव कारयेत्।। “ अशक्तःपक्षमध्ये तु कराेत्येकदिने यदा। निषिद्धेS पि दिने कुयात् पिण्डदानं यथाविधधि।। `` निर्ण•सि•-२८७ चूडामणि ध• सि•सुधा १५८ /ध• सि•हेम-१८० पितृपक्षमा सधैँ श्राद्ध गर्न नसक्नेले एक दिन बाबुका मृततिथिमा श्राद्ध गर्नुपर्छ। आशौच परेमा बाहेक बाबुकाे तिथि कुनै हालतमा छा्ड्नुहुँदैन। पूर्णिमा र चतुर्दशी तिथि हुनेले भने बाबुका तिथिमा श्राद्ध नगरेर अष्टमी ,द्वादशी , औंसी व्यतीपातयोग र भरणी नक्षत्र मध्ये कुनै एक दिन गर्नुपर्दछ। अरुतिथि हुनेले बाबुकको तिथि छोड्नुहुँदैन। बाबुका तिथिमा श्राद्ध गर्दा नन्दादि मघादि कुनै निषेधित तिथि, नक्षत्र ,वार आदि बार्नुपर्दैन । मघामा पनि बाबुका तिथिमा श्राद्ध गर्नैपछ ,बाबुकाे तिथि छाेड्न मिल्दैन ,भनिकाे छ। मघामा बाबुकाे तिथि छाेड्दा बाबुकाे तिथि छाेड्दाकाे प्रायश्चित्त र अरु तिथिमा श्राद्ध गर्दाकाे प्रायश्चित्त पनि दुबै लाग्छ। त्यसकारण मघा परेपनि जेसुकै परेपनि आशौच बाहेक बाबुकाे तिथि कुनै हालतमा पनि छाड्नुहुँदैन। मघाश्राद्ध छुटै हो ।बाबुका तिथिको श्राद्ध छुट्टै हो। ´´मघात्रयोदशीश्राद्धं प्रत्युपस्थितिहेतुकम्। अनन्यगतिकत्वेन कर्तव्यं स्यान्मलीम्लुचे।।“ नि• सि• चूडामणि -३०७ मघानक्षत्रलाई निमित्त मानेर मघाश्राद्ध गर्नुपर्दछ। यो श्राद्ध नित्य हो। महालयश्राद्ध मलमासमा गर्नुहुँदैन , तर मघाश्राद्ध मलमासमा पनि गर्नुपर्दछ , भन्ने वचन छ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>