रेडियो   टिभी

नारायणी किनारमा भदौ २३ गते गोवंश रक्षार्थ धर्मसभा हुने


भदौ २१, चितवन
धरान लगायत देशका विभिन्न ठाउँमा भइरहेको गोवंश हत्याको विरोधमा नेपाल सन्त समाजको आह्वान तथा चितवन , नवलपुर, तनहुँ लगायतका जिल्लाका ॐकार परिवारको सक्रियतामा भदौ २३ गते शनिवारका दिन दिनको १२ बजे चितवनको नारायणी नदी किनार नारायणघाटमा धर्म सभा एवम् जनप्रदर्शन हुने भएको छ।

 

Open photo

 

सो कुरा आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । सभालाई नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, महामण्डलेश्वर स्वामी आत्मानन्द गिरि,स्वामी रमणान्द गिरि,लंकुस्थित लक्ष्मीवैकुण्ठनाथ मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्य, निम्बार्क दर्शन केन्द्र गैंडाकोटका अध्यक्ष आचार्य हरिशरण उपाध्याय, जनजाति कल्याण आश्रमका राष्ट्रिय संगठन सचिव प्रेम थुलुङ्ग, केन्द्रीय सदस्य लालबहादुर चौधरी,बौद्ध धर्मका बौद्धिक व्यक्तित्व मोहन लामा लगायतले सम्बोधन गर्ने आयोजक समितिले जनाएको छ।

सभा हुनुपूर्व साधु- सन्तमहात्मा , हिन्दुवादी अभियन्ताहरूको नेतृत्वमा ११:३० बजेदेखि चौबिसकोठी , पोखरा बसपार्क , धर्मचोक र भृकुटी चोक ,गैंडाकोटबाट ॐकार एवम् राष्ट्रिय झन्डा, प्लेकार्ड सहितको विशाल र्याली निक्लने धर्मसभा प्रचार प्रमुख प्रेमनिधि भारद्वाजले जानकारी दिनुभयो।

 

 

 

“अहिंसा परमो धर्म: “भन्ने ॐकार परिवारजस्तो सनातनी परम्परालाई खलल पुर्याउन आयातीत धर्मको आडमा गाइलाई अस्त्रको रूपमा देशका विभिन्न ठाउँमा प्रयोग गर्दै सनातनीमाथि प्रहार गरी मिलेर रहेका सबै नेपाली समुदायबिच विखण्डन ल्याउने प्रपञ्च गरिएको ,कानुनमा गोहत्यालाई अपराध मानेपनि सरकारद्वारा हत्यामा संलग्नलाई कारबाही नगरेको र यस्ता घटना बारम्बार भइरहेकाले सभा गर्न बाध्य हुन पुगेको आयोजक समितिले प्रष्ट पारेको छ।

 

नेपालको राष्ट्रिय जनावर गाइको रक्षा एवम् बहुसंख्यक जनताको भावनाको कदर गर्दै गोवंश हत्यामा संलग्न अपराधी एवम् यस प्रकृतिका अपराधीलाई बचाउन खोज्ने तत्त्वसमेतलाई कडाभन्दा कडा कारबाही गर्न नेपाल सरकारका तीनै तहलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>