रेडियो   टिभी

वास्तुशास्त्रको अध्ययन र अनुसन्धानका लागि नेपाल र अमेरिकाबीच सम्झौता गरिने


वास्तु शास्त्रको अध्ययन अनुसन्धानका विषयमा नेपाल संस्कृत विश्वविद्यालय र महर्षि अन्तरराष्ट्रिय विश्वविद्यालय अमेरिका बीचसम्झौता गरिने भएको छ। शान्ति र सफलताका लागि वास्तुसम्बन्धी ज्ञान र प्रयोग अपरिहार्य भएकामा विद्वानले जोड दिएपछि दुवै विश्वविद्यालयबीच सम्झौता गरी यसलाई अघि बढाउन लागिएको हो। बिभिन्न देशका विद्वान्लाई सहभागी गराएर नेपालमा तालिम आयोजना गरिएको नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री दीपकप्रकाश बास्कोटाले जानकारी दिए ।

No photo description available.

पूर्वीय दर्शनको वास्तुसम्बन्धी ज्ञान पश्चिमा देशमा पुगेपछि वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएकाले यसको उत्पत्तिस्थल नेपालमा यसको पुनरुत्थान गर्न लागिएको उनले बताए । महर्षि महेश योगीले विश्वव्यापी रुपमा प्रचारप्रसार गर्नुभएको वैदिक ज्ञानका १२ क्षेत्रमध्ये वास्तु पनि एक हो । यसअघि यस किसिमका चारवटा प्रशिक्षणात्मक वास्तुसम्बन्धी गोष्ठी नेदरल्यान्डमा सम्पन्न गरिएको थियो । कार्यक्रममा एसिया, युरोप, उत्तर तथा दक्षिण अमेरिका र अष्ट्रेलिया लगायत१४ देशका २४ जना आर्किटेक इञ्जिनियरको सहभागिता रहेको छ ।

No description available.No description available.

यसैबीच नेपालको वास्तु भारत र चिन दुवै सङ्ग किन मिल्दैन त? भन्ने बिषयमा आफुले गरेको अनुसन्धानलाई नेपाल ज्योतिष परिषद केन्द्रीय समिति वास्तु बिभाग प्रमुख ईन्जिनियर लक्ष्मी प्रसाद सोतीबाट महर्षि अन्तरराष्ट्रिय बिश्वबिद्यालय अमेरिका, महर्षी वास्तु आर्किटेक्ट बिभाग प्रमुख जोन लिपम्यान साथै एसिया, युरोप, उत्तर तथा दक्षिण अमेरिका र अस्ट्रेलियाबाट सहभागी रहनुभएका आर्किटेक्ट ईन्जिनियर हरुमाझ प्रस्तुतीकरण गरेका थिए। नेपालको वास्तु छिमेकी देशको तुलनामा फरक हुनुको बैज्ञानिक कारण सहित सोतीले गरेको प्रस्तुतीकरणमा छलफल गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>