रेडियो   टिभी

विश्वमा पछिल्लो २४ घण्टामा थपिए एक लाख ७३ हजार कोरोना संक्रमित


facebook sharing button
 सोमबार असार २२

विश्वमा पछिल्लो २४ घण्टामा एक लाख ७३ हजार कोरोना भाइरस संक्रमित थपिएका छन्।  वल्डोमिटर्सको तथ्याङ्कअनुसार गत २४ घण्टामा विश्वभर एक लाख ७३ हजार २४० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो अघिल्लो दिनको तुलानामा केही कम हो।

विश्वमा पछिल्ला दुई दिनमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ। २१ असारमा एक लाख ८९ हजार ७० जना संक्रमित थपिएका थिए भने २० असारमा दुई लाख ६ हजार ५०७ जना थपिएका थिए। पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरस संक्रमणका कारण तीन हजार ५५५ जनाको मृत्यु भएको छ। अघिल्लो दिनको तुलनामा मृत्युको हुनेको संख्या पनि घटेको छ। अघिल्लो दिन चार हजार ४८४ जनाको मृत्यु भएको थियो।

थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ४३ हजार १७२ जना रहेका छन्। सोही सयमा अमेरिका २४२ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार ब्राजिलमा २६ हजार २०९ जना संक्रमित थपिएका छन् भने ५३५ जनाको मृत्यु भएको छ। रुसमा ६ हजार ७३६ जना संक्रमित थपिँदा १३४ जनाको मृत्यु भएको छ।

भारतमा २३ हजार ९३२ संक्रमित थपिँदा सोही अवधिमा ४२१ जनाको मृत्यु भएको छ। मेक्सिकोमा ६ हजार ९१४, पेरुमा तीन हजार ६३८, चिलिमा तीन हजार ६८५, साउथ अफ्रिकामा आठ हजार ७७३ र पाकिस्तानमा तीन हजार १९१ जना संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>