रेडियो   टिभी

आज र भोली भिटामिन ए, जुकाको औषधि र बालभिटा खुवाइने


     २२ असार सोमबार
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आज र भोलीबालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा खुवाइने भएको छ । स्वास्थ्य मन्त्रालयले १ बर्षदेखि ५ बर्षमूनीका बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम रहेको जनाएको छ ।

त्यसैगरी ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई आजै बालभिटा पनि खुवाइने भएको छ । भिटामिन ‘ए’ ले बालबालिकालाई रतन्धो हुनबाट बचाउने, जुकाको औषधिले बच्चाको पेटमा भएका जुकालाई मारेर रक्तअल्पता हुन नदिने र बालभिटाले बच्चालाई कुपोषणबाट हुनबाट बचाउनुका साथै पोषणस्थिती सुधार गर्ने चिकित्सकहरुले बताएका छन् ।

खोप कार्यक्रम सामाजिक दुरी कायम गर्दै सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले जानकारी दिनुभयो । गत बैशाख ६ र ७ गते सञ्चालन हुने यो कार्यक्रम कोरोना महामारीका कारण सरेर आज र भोली खुवाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>