रेडियो   टिभी

विवाह कति प्रकारका हुन्छन्?????


परापूर्वकाल देखिनै हिन्दू धर्मभित्र धेरै प्रकारका संस्कार पाइन्छ , मतमतान्तर मा फरक भेदभएपनि प्रचलित भने १६प्रकारको संस्कार को वर्णन पाइन्छ ति संस्कार भित्र विवाह संस्कार पर्दछ विवाह भनेको केहो ? र कति प्रकारका विवाह हुन्छन् त ?
विवाह भनेको के हो ???
स्त्री पुंसो मेलनं चात्र द्विजदेवाग्नि संन्निधौ ।
विवाह इति विख्यात : हीनाङ्ग परिपूर्तये ।।

अर्थ – ब्राह्मण ,देवता, र अग्निको समिपमा स्त्री र पुरुषको मेलन हुन्छ । त्यसलाई विवाह भनिन्छ , जो हिनाङ्ग पूर्तिका लागि हुन्छ, अर्थात् जबसम्म हामीले बिबाह गर्दैनौं तबसम्म हाम्रो शरीर पूर्ण अङ्गले युक्त मानिदैन ,

र शास्त्रमा पत्नीलाई अर्धाङ्गिनी पनि भनिएको छ। हामीले गरेका जतिपनि कर्म हुन्छन् ,ती कर्मको फल हामीलाई अादा मात्र प्राप्त हुन्छ। तसर्थ पूर्ण फल प्राप्तिका लागि विवाह गरिन्छ ।
ज्योतिष शास्त्र र धर्मसिन्धुको आधारमा ८ प्रकारका विवाह को वर्णन गरिएको पाइन्छ।
(1) ब्राह्म विवाह
कुनैपनि योग्य वर(केटा)लाई बोलाएर यथाशक्ति कन्या लाई अलङ्कृत गरेर , कन्यदान गरिन्छ भने त्यसलाई ब्राह्मविवाह भनिन्छ ।
(2)दैव विवाह
दैवविवाहमा कुनैपनि यज्ञादि वाट अाएका विद्वान(ऋत्विक) लाई अाफ्नि कन्या प्रदान गर्नुलाई दैवविवाह भनिन्छ ।
(3) अार्ष विवाह
अार्षविवाहमा वर(केटा) पक्षवाट केही वस्तु लिएर (गाई) कन्या दिने विवाहलाई आरक्ष विवाह भनिन्छ। यो विवाह ऋषि सम्मत छ । तर धन लिएर कन्या दिनु भन्ने अाशय हैन ।
(4) प्रजापत्य विवाह
प्रजापत्यविवाहमा विवाह ईच्छुक वर (केटा)लाई ब्राह्मण ,देवता , अग्निका सान्निध्यमा संस्कार पूर्वक विवाह गरेर यथाशक्ति दाईजो का साथमा कन्यालाई दिईन्छ। धेरै जसो यो विवाह समाजमा चलेको छ ।
(5) अासुर विवाह
अासुरविवाहमा केटा पक्षवाट धन लिएर केटि(कन्या) दिनुपर्छ । अासुर विवाह सुन्दा अलि फरक लाग्न सक्छ ।
(6) गान्धर्व विवाह
गान्धर्व विवाह, केटा र केटीको एकअापसमा मन परेर विवाह गर्नु । यो विवाहलाई आजभोल प्रेम विवाह भनिन्छ ।
(7) राक्षस विवाह
राक्षस विवाहमा कन्यालाई पराक्रम द्वारा युद्धमा अथवा शर्तमा जितेर ल्याउनु । जसरी भगवान कृष्णले माता रुक्मिणी सङ्ग विवाह गर्नुभएको थियो।
(8) पिशाच विवाह
पिशाच विवाह, कन्या लाई धोका दिएर छल, कपट द्वारा विवाह गर्नु । अासुर, पिशाच , र राक्षस विवाहमा केटीको सहमति हुदैन । ज्योतिष शास्त्र र बिभिन्न पुराणअनुसार यसरी विवाहको वर्णन गरिएको छ।
       ज्यो.पं.लक्ष्मण सुवेदी 
प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>