मन्त्रिपरिषद् बैठक आज बस्दै
सनातन अनलाइन
प्रकाशित मिति : २३ असार २०७७, मंगलवार ०८:०१
मंगलबार असार २३
आज दिउसो ४ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । आजको बैठकले नेपाल प्रहरीका नयाँ महानिरीक्षक (आइजिपी) छनौट गर्ने सम्भावना रहेको बताइएको छ ।प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण भोलिबाट अवकाश पाउँदैछन् । त्यसैले पनि आजको बैठकले यसै विषयमा निर्णय गर्ने बताइएको छ ।अब बन्ने नयाँ महानिरीक्षकको सूचीमा एआइजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल रहेका छन् । उनीहरु मध्ये एक जना आइजीपीमा नियुक्त हुनेछन् ।