गंगालालका सात जना बिरामीमा कोरोना संक्रमण, आकस्मिक बाहेकका सबै सेवा बन्द
कोरोना पुष्टि भएसँगै आजबाट केन्द्रको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पतालमा थप सतर्कता अपाउनु पर्ने भएकाले आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले उपचाररत बिरामीको कन्ट्याक ट्रेसिङको काम सुरु गरिएको जानकारी दिनुभयो ।