थिएटरको अनुभबले पात्रमा भिज्न सजिलो भयो : भुमिराज
काठमाडौ – कुनै समय थियो गाउँमा टिभि रेडियो थिएनन् । अहिले जस्तो सबैका हात हातमा मोबाइल , ट्याब पनि थिएनन् । मानिसहरू मनोरञ्जन लिनका लागि प्रतक्ष्य नै अबलोकन गर्नुपर्ने थियो ।
गाउँ मा एकाध घरमा रेडियो टिभि थियो , नाटक हेर्न थिएटरमा जानुपर्थ्यो । गाउँ बाट शहरमा समय मिलाएर नाटक हेर्नुपर्ने समय थियो । बाग्लुङको गाउँमा जन्मिएका भुमिराज प्रहरीको सेवा गर्दा गर्दै थिएटरमा काम गर्ने मौका पाए । यसले उनलाई केही सिक्ने बाताबरण मिल्यो ।
अभिनयमा पोख्न तथा रूझ्न थप सहयोग मिल्यो , त्यहि सिपलाई उनले गाउँमा लगेर देखउने निधो गरे । स्कुले जिवनमा समान्य खालका नाटक गरेका नाट्यकारहरूलाई साथमा लिएर थप नयाँ तरिकाबाट नाटक देखाउने प्रयास गरे । नाट्य साझ नाम राखेर महिनाको अन्तिम शनिबार बेलुका उनले गाउँको चौतरीमा नाटक मञ्चन गर्ने तयारि गरे । सबै गाउबासीलाई निमन्त्रणा गरे ।
भुमिराज भन्छन ” मैले कम खर्चमा केही पारिश्रमिक दिएर गाउँमा नाटक देखाए , त्यसले मलाई गाउमा ठुलै सेलिब्रेटीको पहिचान दियो , मलाई बलियो बनाउन मद्दत गर्यो । ” साच्चिकै उनले देखाएको त्यो नाटकले गाउँमा छुट्टै उमंग ल्यायो । जसले गाउँभरि चर्चा बटुल्यो र भुमिराजलाई एक कलाकार रूपमा चिनायो ।