रेडियो   टिभी

किन पुगे ? नेपालकै चर्चित ज्योतिषी संखुवासभाको खादबारीमा


नेपालकै चर्चित ज्योतिषी पण्डित लक्ष्मण सुवेदी शुक्रबार संखुवासभाको खाँदबारी पुग्नु भएको छ । भक्तहरुको माग अनुसार आफ्नै पेशा ज्योतिष सम्बन्धिका विविध परामर्श दिनका लागि खाँदबारी जानु भएको हो ।

भक्तहरुको उपस्थिति अनुसार यहाँको बसाइ निर्धारण हुने पण्डित सुवेदीले बताउनु भयो ।

रेडियो संखुवासभा लगायत नेपालका विभिन्न रेडियो स्टेसनबाट बिहान ८ बजेदेखि एकैसाथ प्रशारण हुने रेडियो कार्यक्रम ज्योतिष दर्पण मार्फत आफ्ना भक्तहरुलाई ज्योतिष सम्बन्धि विविध परामर्श दिने क्रममा संखुवासभा तथा छिमेकी जिल्ला भोजपुरका भक्तहरुको अत्याधिक माग भएको कारण आफू संखुवासभा गएको सुवेदीले बताउनु भयो ।

ज्योतिष सम्बन्धिका प्रत्यक्ष परामर्श लिन चाहने भक्तहरुले संखुवासभाको खाँदबारीस्थित बुद्धटोलमा रहेको रेडियो संखुवासभाको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ । सम्पर्कको लागि रेडियो संखुवासभा ०२९ ५६०५४० वा मोबाइल नं. ९८४५३९७६५८ र ९८१४२७३६०१ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>