रेडियो   टिभी

नेपाल क्षयरोग संस्थाकाे केन्द्रीय सदस्यमा दामोदर न्यौपाने मनोनित


नेपाल क्षयराेग संस्थाले केन्द्रीय सदस्यमा संस्थाका चितवन सभापति दामाेदर न्याैपानेलाई मनाेनित गरेकाे छ । संस्थाका केन्द्रीय अध्यक्ष देवेन्द्र वहादुर प्रधानकाे अध्यक्षतामा बसेकाे केन्द्रिय समितिकाे बैठकले न्याैपानेलाई केन्द्रीय सदस्यमा मनाेनित गरेकाे हाे । देशका विभिन्न ३५ वटा जिल्लामा शाखा रहेकाे संस्थाले क्षयराेगकाे औषधि वितरण, विभिन्न जनचेतनामूलक कार्यक्रम आदी गर्दै आएकाे छ । २०३५ सालमा स्थापना गरिएकाे नेपाल क्षयराेग संस्था चितवन शाखाले स्थानिय श्राेत र साधनलाई प्रयाेग गर्दै , स्थानिय निकाय संगकाे सहयाेग र सहकार्यमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकाे शाखा सभापति दामाेदर न्याैपानेले बताउनुभयाे । नाै जनाकाे कार्य समिति रहेकाे चितवन शाखामा रहेका दुईजना कर्मचारीलाई पारिश्रमिक प्रदान गर्न र एम्वुलेन्स सञ्चालन गर्न संस्थाकाे भवनवाट प्राप्त भाडामा भर पर्नु परेकाे न्याैपानेले वताउनुभयाे । न्याैपाने भरतपुर महानगरपालिका वार्ड नं. ८ का वडाध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>