रेडियो   टिभी

नेपाल क्षयरोग संस्था चितवन शाखाको सभापतिमा पुनः न्यौपाने


नेपाल क्षयरोग संस्था चितवन शाखाको सभापतिमा दामोदर न्यौपाने पुन निर्वाचित हुनुभएको छ । शनिवार बसेको संस्थाको ३८ औं साधारणसभा तथा ११ औं अधिवेशनले न्यौपानेको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । चार बर्षे कार्यकालका लागि निर्वाचित संस्थाको सदस्यहरुमा ईश्वरी पौडेल,ज्ञानेन्द्रमान शाक्य, शैलजा पौडेल, कुस्मा कुमारी पन्त, शिव माया भट्टराई(माडी), बिजय कुमार गुरुड०, बिष्णुहरी कोईराला, चेतराज रेग्मी, रामजी थापा, नन्द किशोर सापकोटा रहनुभएको निर्वाचन अधिकृत अधिबक्ता गजेन्द्र प्रसाद ओस्तीले जानकारी दिनुभयो ।

चितवन शाखाको सभापतिमा पुन निर्वाचित न्यौपाने संस्थाको केन्द्रिय सदस्य तथा भरतपुर महानगरपालिका वडा नं. ८ का जननिर्वाचित वडाध्यक्ष समेत रहनु भएको छ । यस अघि शाखाका सभापति दामोदर न्यौपानेको समापतित्वमा साधारणसभा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>