रेडियो   टिभी

कोरोना संक्रमण थप ३ जनामा, संक्रमितको संख्या २४९ पुग्यो


काठमाडौं । नेपालमा थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । योसहित संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।

मन्त्रालयका अनुसार बिहीबार काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, जनकपुर, धनुषा निवासी १७ वर्षीया किशोरी र धादिङ निवासी ३० वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमााडौंमा परीक्षण गरिएको थियो । तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>