रेडियो   टिभी

भारतमा कोभिड–१९ संक्रमणदर ओरालो लाग्दै


एजेन्सी । भारतमा कोभिड–१९ संक्रमणदर आज मंगलबार पनि ओरालो लागेको छ । पछिल्लो २४ घण्टामा सोमबारको तुलनामा संक्रमितको संख्या ३७ हजारले घटेर ३ लाख २९ हजारमा झरेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ७६ जनाले ज्यान गुमाएका छन् । संक्रमणदरमा कमी आए पनि ज्यान गुमाउने दर भने खासै घटेको छैन । भारतका कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या हालसम्म २ लाख ५० हजार पुग्न लागेको छ ।आइतबार ४ लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । त्यस्तै सोमबार ३ लाख ६६ हजारमा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा ३ लाख ५६ हजार संक्रमण मुक्त भएका छन् । संक्रमण पुष्टि हुनेको संख्या भन्दा संक्रमण मुक्त हुनेका संख्या बढी देखिनु सुखद लक्षण भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ३७ लाख १५ हजार रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्याङक छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>