रेडियो   टिभी

नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जनामा कोरोना पुष्टि, २२५ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २० हजार ५९६ पीसीआर परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट २२५ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५ हजार २२५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>