लमजुङ केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्यूडको भूकम्प
काठमाडौं । लमजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर बिहान ५ बजेर ४२ मिनेटमा पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौं, पोखरा लगायतका शहरहरूमा समेत महसुस गरिएको थियो । जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार भूकम्पले घरको गारो भत्किएर एक जना वृद्धा घाइते भएको जानकारी आएको छ।