रेडियो   टिभी

आज देशभर मौसम बदली हुने,दिउँसो अधिकांश स्थानमा पानी पर्ने


काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसम प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवात ‘ताउ–ते’ कमजोर भए पनि पश्चिमी न्यून चापीय प्रणाली आज देशभर वर्षा हुनेछ।

शुक्रबार बिहान देशभरको मौसम सामान्य बदली रहेको छ।दिउँसो पनि आंशिकदेखि सामान्य बदली रहनेछ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती, प्रदेश २ रप्रदेश १ का केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, बागमती, प्रदेश २ र प्रदेश १ का एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, राती, प्रदेश १ र प्रदेश २ लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य  बदली र अन्य भू–भागमा सामान्यतय सफा रहनेछ। प्रदेश १ र प्रदेश २, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>