२४ घण्टामा सात जना कोरोनाका बिरामी घर गए ।
चितवन, भदौं ३०-
विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट सात जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा विगत २४ घण्टामा चितवनका दुई जनाको मृत्यु भएको छ । चितवनमा अहिले ४८ जना कोरोनाका बिरामीले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १६ जना, भेन्टिलेटरमा एक जना, एचडीयूमा १७ जना, जेनरल बेडमा १५ जना रहेका छन् ।
चितवनमा विगत २४ घण्टामा ५७ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ३५ जना, खैरहनी नगरपालिकामा तीन जना, माडी नगरपालिकामा ४ जना, रत्नगरमा एक जना, राप्तीमा ११ जना, कालिकामा दुई जना र इच्छाकामनामा एक जना थपिएका हुन् । यो सँगै चितवनमा संक्रिय संक्रमितको संख्या ६८५ जना रहेका छन् । जसमध्ये घरमा आइसोलेसनमा ६५५ जना र अस्पतालमा आइसोलेसनमा ३० जना रहेका छन् । आज चितवनमा दुई जनाको मृत्यु भएसँगै चितवनमा ज्यान गुमाउनेको संख्या ४०७ जना पुगेको छ ।