रेडियो   टिभी

१५ दिन थपियो चितवनमा निषेधाज्ञा ।


चितवन, भदौ ३०–

जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा असोज १५ गतेसम्म लागू हुने गरि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्धारा आज (बुधबार) जारी आदेशमा केही क्षेत्रलाई अझै कडा गर्दै निषेधाज्ञा थप गरिएको हो । प्रशासनले बढी भिडभाड हुने सभा सम्मेलन, प्रदर्शन, भेला, जात्रा तथा महोत्सव संचालनमा रोक लगाएको छ भने त्यतिकै मात्रामा भिडभाड हुने साधारणसभा, सम्मेलन, अधिवेशन भने संचालन गर्न दिने निर्णय गरेको छ । कानून बमोजिम गर्नै पर्ने भएकाले साधारणसभा, अधिवेशनहरु संचालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । त्यसका लागि जिल्ला कोभिड–१९ व्यवस्थापन समितिलाई अग्रिम जानकारी गराउनुपर्ने  छ- उनले  भने।

यस्तै चितवनमा शैक्षिक क्षेत्रमा भौतिक उपस्थितिमा पठनपाठन र सिनेमा हल संचालनका लागि अझै निर्णय हुन सकेको छैन । सम्बन्धीत निकायहरुसंग समन्वय गरी कोभिड–१९ को संक्रमण नहुने सुनिश्चिततासहितको मापदण्ड तयार भएपश्चात आवश्यक निर्णय गरिने प्रजिअ लामिछानेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>