आज भाइटीका, टीका लगाउने उत्तम साइत ११:०२ बजे
तिहारको मुख्य दिन आज (शनिबार) भाइटीका मनाइँदैछ । कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो भाइपूजा/भाइटीका मनाइन्छ। यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र दिदीबहिनीलाई यथासक्य दक्षिणा तथा उपहार दिने परम्परा रहेको छ।
सत्ययुगमा यमपञ्चकका पाँच दिन यमराजले बहिनी यमुनाको घरमा बसी बहिनीको हातबाट टीका तथा उपहार लिएको र आशिर्वाद दिएको कथन छ। त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको जनविश्वास रहिआएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिको अनुसार यसवर्षको भाइटीकाको साइत बिहान ११ बजेर २ मिनेटमा छ।