विमानको रङ प्रायः किन सेतो हुन्छ ? यस्ता छन् वैज्ञानिक कारण
एजेन्सी । हामीले सानैदेखि देख्दै आएको प्लेन निलो आकाशमा उडिरहेका हुन्छन् । सबै प्लेन सेतो रङका नै हुन्छन् । किन हुन्छन त सबै प्लेन सेतो रङका ?
यसको पछाडि वैज्ञानिक कारण जोडिएको छ । पहिलो कारण त तातोबाट जोगिन हो । रनवे देखि उड्दासम्म अधिकतम समय विमान घाममा रहन्छ । यसमा सुर्यको इन्फ्रारेड किरण सिधै पर्छ । सेतो रङले सुर्यको किरणलाई रिफलेक्ट गरिदिन्छ । जसबाट विमान तातो हुँदैन र भित्र तापमान नियन्त्रित रहन्छ ।
प्लेन धेरै उचाईमा उड्ने भएकाले वायुमण्डलको तापक्रमले असर गर्न नसकोस् भनेर सेतो रङको प्रयोग गरिन्छ ।
सेतो रङमा तापमान बढ्ने सम्भावना कम हुने भएकाले प्लेनको पाटपुर्जामा नराम्रो असर नपर्ने र सेतो रङले ताप र घाम आफूतिर एकिकृत हुन दिदैँन ।
अर्को कारण यसको पेन्टिङमा लाग्ने खर्च पनि हो । यदि प्लेनमा अन्य रङको प्रयोग गरियो भने छिट्टै उड्ने र फेरि रङ गर्न महंगो पर्ने भएकाले पनि यसमा सेतो रङको नै प्रयोग गरिन्छ ।
साथै, सेतो रङ लगाउँदा प्लेनको बडीमा आएको कुनै पनि खराबी जस्तै चिरा परेको वा तेल चुहिएको सजिलै देख्न सकिन्छ । यस्ता बिविध कारणले गर्दा प्लेनको रङ सेतो हुन्छ ।
२०११ को ह्युमन वाइल्डलाइफ इन्टरेक्शनमा प्रकाशित एक रिपोर्ट अनुसार सेतो रगबाट पक्षीहरु पनि टाढा भाग्छन् । अध्ययनबाट गहिरो र हल्का नीलो रगको विमानको रगबाट भन्दा सेतो रगको विमानमा चराहरुको घटना कम हुन्छन् । पक्षीले सेतो रगको विमानलाई सजिलै अन्दाज लगाउन सक्ने भएकोले आवश्यकता अनुसार आफ्नो दिशा परिवर्तन गर्न सक्छन् ।