रेडियो   टिभी

सरकारी सुरक्षाकर्मीहरुको कारबाहीमा परी कम्तीमा १५ बन्दुकधारी मृत्यु


 एजेन्सी / नाइजेरियामा सरकारी सुरक्षाकर्मीहरुको कारबाहीमा परी कम्तीमा १५ बन्दुकधारी मारिएका छन् ।

उनीहरुले अरु ४८ बन्दुधकारीलाई पक्राउ गरेको सैन्य अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । त्यसैगरी बन्दुकधारीहरुबाट अपहरणमा परेका ४२ सर्व साधारणलाई पनि सुरक्षाकर्मीहरुले रिहा गराएका छन् । राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता बेर्नार्ड ओनीएउकोले सरकारी सुरक्षाकर्मीलाई सफलता प्राप्त भइरहेको र बन्दुकधारीहरुलाई निस्तेज पार्दै गएको दाबी गरे ।

बिद्रोही लडाकुहरुबिरुद्ध सुरक्षाकर्मीहरुले हवाई आक्रमण समेत गरेका थिए । सरकारी सेनाले आपराधिक तथा हिंसात्मक गतिविधिविरुद्ध कारवाही जारी रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>