रेडियो   टिभी

आजको सुनचाँदी बजारः सुन प्रति तोला ५०० ले बढ्यो


आज नेपाली बजारमा छापावाला सुनको मूल्य ५०० रुपैयाले बढेर ९४ हजार ८०० ले कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजोको छापावाला सुनको मूल्य ९४ हजार ३०० रहेको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मुल्य पनि ५०० रुपैया ले नै बढेर ९४ हजार ३०० मा कारोबार भइरहेको छ । हिजोको तेजावी सुनको मूल्य ९३ हजार ८०० रहेको थियो ।

चाँदीको मुल्य पनि १० रुपैयाले बढेर १ हजार २९० मा कारोबार भइरहेको छ । हिजोको चाँदीको मूल्य १ हजार २८० रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>