रेडियो   टिभी

चितवनका चर्चित ज्योतिषी आज बाग्मती प्रदेश राजधानी हैटौंडा (मक्रान्चुली) आउँदै


४ मंसिर , – चर्चित रेडियो कार्यक्रम ‘ज्योतिष दर्पण’ का कार्यक्रम प्रस्तोता ज्योतिषी पंण्डित  लक्ष्मण सुवेदी आज मक्रान्चुली आउन लाग्नु भएको छ । उहाँ केहि दिनको बसाईका लागि मक्रान्चुली आउन लाग्नुभएको हो ।

मक्रान्चुली बसाईका क्रममा सुवेदीले संचालन गर्ने लोकप्रिय रेडियो कार्यक्रम “ज्योतिष दर्पण” रेडियो मकवानपुरगढी ९५ मेगाहर्जको स्टेशनबाट सोझै प्रसारण गरिने रेडियोका स्टेशन म्यानेजर राजन घिमिरेले बताएका छन् । साथै मक्रान्चुली बसाईका क्रममा ज्योतिष र त्यससँग सम्बन्धि अन्य जानकारी लिनको लागि पं. सुवेदी सँग सिधै भेटघाट तथा सम्पर्क गर्न सकिने जनाइएको छ ।

सनातन रेडियो नेटवर्क (SRN) ले उत्पादन गर्ने गरेको ज्योतिष दर्पण कार्यक्रम हरेकदिन बिहान ८ बजे देखि ९ बजेसम्म नेपालका २८ वटा चर्चित रेडियो स्टेशनहरुबाट ७२ जिल्लामा एकसाथ प्रसारण हुने गरेको र कार्यक्रमबाट श्रोताहरुले प्रत्यक्ष रुपमा ज्योतिष , वास्तु र धर्मसंस्कारका बारेमा जानकारी लिने गरेको पंण्डित सुवेदीले बताउनु भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट विभूषितभइ ख्याती कमाउनु भएका ज्योतिषी पंण्डित  सुवेदी नेपाल ज्योतिष परिषद् चितवन जिल्ला समितिका सचिव समेत रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>