नेकपा एमालेका राई र ओलीले गरे केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषणा
झापा – झापाको दमकमा एकै दिन दुई नेताले केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् ।
प्रदेश १ सभा सदस्य अर्जुन राई र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले पत्रकार सम्मेलन गरि उम्मेद्वारी घोषणा गर्नु भएको हो । राइले २०३५ /३६ सालको जनआन्दोलन देखि राजनितीक यात्रा सुरु गर्नु भएका राईले त्यस यता पार्टिको विभिन्न जिम्मेवारी सम्हालदै आउनु भएको छ । राई २०४९ सालमा तोपगाछी गाविसको उपाध्यक्ष निर्वाचित भएका थिए । उनले २०५१ सालमा गठित सुकुम्बासी समाधान आयोगको झापा जिल्ला अध्यक्ष भएर कार्य गरिसकेका छन् भने २०५४ सालमा जिल्ला विकास समिति झापाको सभापति भएर कार्य गरेको अनुभव छ ।
एमाले केन्द्रीय अनुशासन आयोगको सदस्यका रूपमा जिम्मेवारी सम्हालेका राई २०७४ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ (ख)बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
यस्तै पार्टी अध्यक्ष ओलीको गृहनगर दमकका नगरप्रमुख ओलीले पार्टीको स्थानीय निकाय परिचालन विभागको सदस्य भएर काम गर्नु भएको छ भने डेढ दशक अघिनै जिल्लाको पार्टी उपप्रमुखको अनुभव पनि लिनु भएको छ । ०३८ साल देखी पार्टिलाई भूमिगत भएर सहयोग गरेको स्मरण गर्दै उहाँले आफ्नो अव पार्टिको केन्द्रिय कमिटीमा बसेर काम गर्ने इच्छा प्रकट भएको उल्लेख गर्नुभयो ।