रेडियो   टिभी

इतिहासमै पहिलो पटक चितवनका सबै होटल भरिए


चितवन । चितवनको इतिहासमा पहिलोपटक सबै होटलहरु भरिएका छन् । भोलिदेखि चितवनमा सुरु हुने नेकपा एमालेले १० औँ महाधिवेशनका लागि आएका पाहुनाहरुले गर्दा यहाँका होटल भरिएका हुन् ।

क्षेत्रीय होटल संघ सौराहका अध्यक्ष दिपक भट्टराईले सौराहका सबै होटल भरिएको बताए । उनका अनुसार कतिपय होटल अग्रिम बुकिङ् गरेर राखिएको छ भने कतिपयमा होटलमा मानिसहर आइसकेका छन् । नेकपा एमालेले मात्र सौराहमा ३ हजार ५०० कोठा बुकिङ् गरेको भट्टराईले जानकारी दिए । कोठाका लागि पार्टीले संघसँगै सम्झौता गरेको छ । उनले भने, ‘सौराहका होटलहरुमा ६ हजार ५०० वटा बेड रहेका छन् । ती बेडहरुमध्ये करिब १० प्रतिशतमा पर्यटकहरु होलान् । बाँकी ९० प्रतिशतमा एमाले महाधिवेशनका लागि आएका पाहुना छन् ।’

इतिहासमै पहिलोपटक सौराहका सबै होटलहरु भरिएको बताउँदै भट्टराईले अब १२ गतेसम्म सौराहमा कुनै पनि कोठा खाली नरहेको बताए । ‘महाधिवेशनकै लागि आउन लागेकाहरु थुप्रैले कोठा चाहियो भनेर फोन गरेका गरै छन् । रिर्पाेटिङ्गका लागि बाहिरबाट आउने पत्रकार र सञ्चारमाध्यमले पनि कोठा मिलाइदिन भनेका छन् । तर हामीले पुर्याउन सकेनौं’ उनले भने । होटल व्यावसायी संघ चितवन नारायणगढ इकाइका अध्यक्ष एवम् चितवभर रहेका ८ वटा इकाइका संयोजक कृष्ण महतोले चितवन र नवलपरासीको गैंडाकोटका सानाठूला गरी सबै होटल भरिएको जानकारी दिए । उनले भने ‘चितवनमै पहिलोपटक सबै होटल भरिएका छन् ।

एमालेको १० औं महाधिवेशनको उद्घाटन सत्र भोलि मंसिर १० गते नारायणगढको नारायणी किनारमा हुनेछ भने बन्द सत्र ११ र १२ गते सौराहको होटल सेभेन स्टारमा हुने छ

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>