रेडियो   टिभी

कमलमा आज रक्तदान कार्यक्रम सम्पन्न


कमल । झापाको कमल गाउँपालिका ३, केरखा बजारमा आज शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको प्राविधिक सहयोग तथा लायन्स क्लव अफ केर्खा र लियो क्लव अफ केर्खाको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ४५ जनाले रगतदान गर्नु भएको लियो क्लब अफ केर्खाका अध्यक्ष सौगत बाराकोटीले जानकारी दिनुभयो ।

कार्यक्रममा लियो एरिया अध्यक्ष सविन सिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो भने अन्य विभिन्न सामाजिक व्यक्तित्वहरु लगायतको समेत उपस्थिति रहेको थियो । रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको लियो क्लब अफ केरखाका सचिव शुभेक्षा भण्डारीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>