रेडियो   टिभी

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्रलिङ्देन विजयी भएका छन् । सावित अध्यक्ष कमल थापासँगको कडा प्रतिस्पर्धामा लिङदेनले जित हासिल गरेका हुन् ।

लामो समयदेखि पार्टीको नेतृत्व गर्दैै सत्तामा आसिन भइसकेका पूर्व उपप्रधानमन्त्री समेत रहेका तत्कालिन पार्टी अध्यक्ष कमल थापालाई हराउँदै नेता लिङदेन अध्यक्षमा निर्वाचित भएका हुन । लिङदेन एमाले र माओवादी केन्द्र सहितको गठबन्धनबाट झापा ३ मा कांग्रेसका प्रभावशाली मानिएका नेता कृष्ण प्रसाद सिटौलालाई हराएर प्रतिनिधि सभामा निर्वाचित भएपछि एकाएक चर्चामा आएका नेता हुन ।

आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् । लिङ्देन एक हजार ८४४ मत ल्याएर वियजी भए । थापाले एक हजार ६१७ मत प्राप्त गरेका छन् । ४३१ मत बदर भएको छ ।

राप्रपा अध्यक्षका लागि कागजी मतपत्रमार्फत मतदान सम्पन्न भएको थियो । उपाध्यक्ष, महामन्त्री र सहमहामन्त्री तथा सदस्य पदका लागि विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भएको थियो ।

पार्टीको चार दिनदेखि जारी महाधिवेशनको अन्तिम दिन हिजो नेतृत्वका लागि चुनाव भएका थियो ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>