सिकार खेल्न गएका १७ वर्षीय किशोरको गोली लागेर मृत्यु
चितवन – तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर आइतबार राति एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
शिकार खेल्न जंगल गएका बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए।