प्रावि शिक्षकका लागि खुल्यो आवेदन
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि ठूलो संख्यामा विज्ञापन खुलाएको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै १३ हजार ९३ पदका लागि विज्ञापन खुलाइएको जनाएको छ ।
इच्छुक उम्मेदवारले माघको १३ गतेसम्म तोकिएको दस्तुरमा र माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । यसअघि नै शिक्षक सेवा आयोगले मावि र निमावि तहका लागि विज्ञापन खुलाइसकेको छ ।
योग्यता पुगेका उम्मेदवारले अनलाइन दरखास्त दिन सक्नेछन् । उम्मेदवारले online.tsc.gov.np मा आवेदन दिन सक्नेछन् ।