रेडियो   टिभी

प्रेस चौतारी नेपाल झापाको अध्यक्षमा मनकुमार गदाल सर्वसम्मत चयन


दमक । प्रेस चौतारी नेपाल झापाको ९ औं अधिवेशन बाट अध्यक्षमा मनकुमार गदाल सर्वसम्मत चयन भएका छन् ।

गौरादह–५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको नमुना पाहुना घरमा सोमबार भएको अधिबेशनले चौतारीको झापा अध्यक्षमा गदाललाई सर्वसम्मत चयन गरेको हो ।

नयाँ कमिटीको उपाध्यक्षमा प्रदिप परियार र गंगा बराल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा अच्युत सुवेदी र तिलक योञ्जन र कोषाध्यक्षमा सरोज चौलागाई चयन भएका छन् ।

सदस्यहरुमा खगेन्द्र घिमिरे, युवराज आचार्य, पुस्कर गुरागाई, भुमिराज पराजुली, राजु पोखरेल, मिना विश्वकर्मा, कुमार उप्रेती, राजु सन्तोषी थापा, सरोज भट्टराई, जिवन चुँडाल, लक्ष्मीप्रसाद अधिकारी, रुपा बुढाथोकी, रविता राउत, नन्दलाल खतिवडा लगायत रहेका छन् ।

अधिबेशनको नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो । अधिवेशन उद्घाटनमा एमाले झापाका इन्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य अग्नि खरेल, एमाले प्रदेश कमिटीका इन्चार्ज देवराज घिमीरे, स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ का सहइन्चार्ज हिक्मत कार्की, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत,पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारीका प्रदेश कमिटी इन्चार्ज लीलाराज भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>