रेडियो   टिभी

नवलपुरमा एक दिवसीय वास्तु कार्यशाला गोष्ठी सम्पन्न


नेपाल ज्योतिष परिषद् को २४औ स्थापना दिवसको अबसरमा नवलपुर जिल्ला समितिकले कावासोती नवलपुरमा १ दिने वास्तु कार्यक्रम सम्पन्न गरेको छ ।

वास्तु कार्यशालामा शौचालयले घरमा पार्ने प्रभाव को विषयमा व्याख्या गरिएको थियो। शौचालय कहाँ वनाउने कहाँ नवनाउने,गलत स्थानमा शौचालय हुँदा पर्ने असर रोग र बनिसकेको नराम्रो स्थानको वास्तु निवारण लगाएत बिभिन्न कुराको जानकारी सोती ले जानकारी गराएका हुन।

 

No description available.

कार्यक्रम का प्रमुख अतिथि नेपाल ज्योतिष परिषद् केन्द्रीय कोषाध्यक्ष भुपेन्द्र धिमिरेले हाल कानुन दुई प्रकार रहेको जानकारी दिए, एक संविधानको कानुन र अर्को धार्मिक कानुन भन्ने विषयमा आफ्ना भनाई राखेका थिए भने कार्यक्रममा नवलपुरका कोषाध्यक्ष युक्त विलास गौडेल ले अतिथि स्वागत मन्तव्य राखेका हुन्, शौचालय वास्तु सम्बन्धी कार्यक्रमका प्रशिक्षक नेपाल ज्योतिष परिषद् केन्द्रीय सदस्य एवं वैज्ञानिक वास्तु विशेषज्ञ सिभिल इन्जिनियर लक्ष्मी प्रसाद सोतीले प्रशिक्षण दिएका थए । कार्यक्रममा परिषद् को नयाँ सदस्यता विस्तार एवं विविध विषयमा छलफल भएको जानकारी सचिव ढुङ्गानाले सनातन अनलाइन लाई जानकारी गराए । कार्यक्रम सञ्चालक नवलपुरका सचिव गणेश ढुङ्गानाले थिए भने सभापति नवलपुर का अध्यक्ष तुलसीराम न्यौपाने थिए।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>