रेडियो   टिभी

शहीद दिवसको अवसरमा नयाँ सोच परिवर्तनशिल युवा सेवा समाज नेपाल भोजपुरद्वारा रक्तदान कार्यक्रम सम्पन्न


भोजपुर – शहीद दिवसको अवसरमा नयाँ सोच परिवर्तनशिल युवा सेवा समाज नेपाल भोजपुरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

आईतबार भोजपुरको सहिद पार्कमा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । नयाँ सोच परिवर्तनशिल युवा सेवा समाजका अध्यक्ष समीर दुलालकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काको प्रमुख आतिथ्यता रहेको थिए ।

‘रक्तदान जीवन दान’ भन्ने मुल नाराका साथ संचालन गरिएको कार्यक्रममा १८ बर्षको उमेरदेखि ५४ बर्ष उमेरसम्मका पुरुष तथा महिलाहरुले रक्तदान गरेका थिए। संकलित रगत नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र भोजपुरमा जम्मा गरिएको रक्त संचार केन्द्र भोजपुरका प्राबिधिक तुल बहादुर सुब्बाले जानकारी दिए । रक्तदान कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो।

साथै उक्त कार्यक्रममा संस्थालाई स्थापनाकाल देखि नै साथ र सहयोग गर्दै आउनु भएका सल्लाहाकार समितिका सदस्यहरु प्रजन राई, कमल बहादुर तामाङ्ग, नवीन बुढाथोकी, रमेश सुवेदी, हरिकृष्ण दाहाललाई सम्मान पत्रद्वारा सम्मान समेत गरिएको संस्थाका अध्यक्ष दुलालले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आले, अतिथिहरुमा रेडियो उन्नतीका स्टेसन संयोजक कबिता खड्का, रेडियो भोजपुरका कार्यक्रम संयोजक सारदा तामाङ, जिल्ला प्रहरी कार्यलय प्रहरी नायब निरीक्षक राजकुमार राई, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन भोजपुरका जिल्ला कमिटी अध्यक्ष प्रकाशसिह राई, नेपाल कम्युनिस्ट पार्टी एकृकीत समाजवादी भोजपुर जिल्ला पार्टीका अध्यक्ष विजुङ्ग राई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>