पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको जनाएको छ ।
मूल्यबढेसँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ । यता निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छैन। मूल्य नबढ्दा ग्याँसको मूल्य यथावत रहेको छ ।