‘सारेगमप लिटिल च्याम्स’को उपाधि कृपा पौडेललाई
काठमाडौं । गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स नेपाल’को पहिलो सिजनको उपाधि झापा विर्तामोडकी कृपा पौडेलले जितेकी छन् । शनिबार राति भएको ग्राण्ड फिनालेमा अन्य चार फाइनल प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता बनेकी हुन् । विजेता बनेसँगै उनले ट्रफीसँगै नगद १५ लाख रुपैयाँ प्राप्त गरेकी छन् ।
त्यस्तै, झापा मेचीनगरकी रोशा फुयाँल फस्ट रनरअप भइन् भने भारत सिलगुडीका आदित्य विश्वकर्मा सेकेन्ड रनरअप भए । रोशाले ट्रफीसहित तीन लाख र आदित्यले दुई लाख रुपैयाँ प्राप्त गरे । कृपा पौडेल, रोशा फुयाँल, आदित्य विश्वकर्मासँगै पर्वतका अरुण सुनार र भक्तपुरकी अभिज्ञा घिमिरे फाइनलमा पुगेका थिए ।
कार्यक्रमका अन्तिम पाँच प्रतिस्पर्धीलाई गीत रेकर्ड तथा म्युजिक भिडियो, नेपालका साथै वल्र्ड टुर तथा कक्षा १२ सम्मको अध्ययनको व्यवस्था मिलाउने आयोजकले जनाएको छ ।