रेडियो   टिभी

कमलनगर जेसीजको छैटौं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न (फोटो फिचर सहित)


कमल । कमलनगर जेसीजको छैटौं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह शनिबार सम्पन्न भएको छ ।

कमलनगर जेसिज वर्ष २०२१ का अध्यक्ष छत्रपति खनाल (गोपाल)को अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम अन्तर्गत कमलनगर जेसीज वर्ष २०२१ का अध्यक्ष छत्रपति खनालले २०२२ का निर्वाचित अध्यक्ष जेसीज नारायण बस्नेतलाई चेन तथा गावेल हस्तान्तरण गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

यस्तै, नव निर्वाचित अध्यक्ष जेसीज नारायण बस्नेतले नयाँ कार्यसमितिका निर्वाचित कार्यकारीणि उपाध्यक्ष देवराज भण्डारी (महेश), विद्या सापकोटा, उपाध्यक्ष हरि अधिकारी, रोशन गौतम, प्रभात मण्डल, लोक बहादुर खड्का, तालिम निर्देशक मनिसा कठायत, जनसम्पर्क अधिकारी दिनेश चौहान र मनोनित तर्फका कानुनी सल्लाहकार देवेन्द्र दाहाल, महासचिव भिम अधिकारी, सचिव नविन भण्डारी, कोषाध्यक्ष प्रविण खड्का, प्रकरण निर्देशक कमला दाहाल र अध्यक्ष प्रमुख सल्लाहकार रिजु कार्कीलाई सपथ ग्रहण गराउनु भएको थियो ।

त्यसअवसरमा  मानार्थ सदस्यमा नेपालका लागि मौरीससका अवैतानीक राजदुत तथा जलविद्युत लगानीकर्ता गणेश कार्कीलाई सम्मान गरिएको थियो । यस्तै, आजीवन सदस्यमा सामाजिक व्यक्तित्व विष्णुभक्त लामीछाने र प्रेम सापकोटालाई सम्मान गरिएको थियो ।

कार्यक्रम संयोजक तथा वर्ष २०२१ का कार्यकारीणि उपाध्यक्ष जेसी देवी प्रसाद दाहालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेपाल जेसीजका पदाधिकारी, छिमेकी शाखाका शाखा अध्यक्ष, पदाधिकारी, कमलनगर जेसीजका पूर्व अध्यक्ष, पदाधिकारी, विभिन्न संघसंस्थाका व्यक्तिहरु, कमल गाउँपालिका क्षेत्रका विभिन्न विद्यालयहरूका प्रधानाध्यापक तथा प्रिन्सिपल, राजनीतिक व्यक्तित्व, समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जेसी कमला बास्कोटा दाहालले जेसीज आस्था वाचन गर्नुभएको थियो भने, जेसी नविन भण्डारीले जेसीआई मिसन भिजन वाचन गर्नुभएको थियो भने कार्यक्रमकाे सञ्चालन कमलनगर जेसिजका निवर्तमान महासचिव जेसी महेश भण्डारीले गर्नुभएकाे थियाे । उक्त कार्यक्रमको अवसरमा विद्योदय शिशुसदनका विद्यार्थीहरुबाट स्काउट नृत्य समेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रम कमल-५, स्थित पाडाजुङ्गीको होटल रेडस्टारमा सम्पन्न भएको हो ।

 

May be an image of 8 people and people standing

May be an image of text

May be an image of 10 people, people standing and indoor

May be an image of 2 people and text that says 'छेटौं पदस्थापन तथा सम्मान BA समारोह उपस्थित सम्पूर्ण मह परिवार यहाहरुलाई कमलनगर हार्दिक स्वागत गर्दछौ BICHITRA A 2M4007018 uns माक्सक'

May be an image of 6 people and people standing

May be an image of 5 people, people standing and indoor

May be an image of 2 people, people sitting, people standing and indoor

May be an image of 5 people, people standing and indoor

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>