रेडियो   टिभी

हिन्दु भित्रको संस्कार र संस्कार सङ्ख्या


  • ज्योतिषी पं लक्ष्मण सुवेदी // भरतपुर , चितवन

भविष्यद्रष्टा, गहन मनोविज्ञानवेत्ता ऋषिहरुलाई मानिस भित्रको यो मानसिक कमजोरी थाहा थियो । यसै मनोवैज्ञानिक अनुसन्धानको क्रममा अनेक प्रकारका संस्कारहरुको आविष्कार भएको छ ।जसरी फलामको धाउलाई संस्कार र परिष्कार गरे पछि खिया नगाग्ने स्टील बन्छ । मणिलाई तलासिए पछि चमक आउंछ । मानिसमा पनि संस्कारले त्यस्तै गुण आउंछन् भन्ने विश्वास संस्कार दर्शनको छ।

जन्मदेखि मृत्युसम्ममा पूरा गरिने हिन्दू संस्कारलाई समाजशास्त्रीहरूले विभिन्न वर्गमा विभाजन गरेका छन्।गौतम सुत्रानुसार संस्कार -४० वटा हुन्छ|गौतम सुत्रले ब्याख्या गरेको ४० संस्कार देहाय बमोजिम छन |

१. गर्भाधान
२. पुंसवन
३. सीमंतोन्नयन
४. जातकर्म
५. नामकरण
६. अन्न प्राशन
७ चौल
८. उपनयन
९-१२. वेदमा वर्णित चार व्रत
१३. स्नान
१४. विवाह
१५-१९. पञ्च दैनिक महायज्ञ
२०-२६.सात पाकयज्ञ
२७-३३.सात हविर्यज्ञ
३४-४०. सात सोमयज्ञ।

मनु एवं याज्ञवल्क्यले १३ संस्कार

१.गर्भाधान
२. पुंसवन
३.सीमंतोन्नयन
४.जातकर्म
५.नामकरण
६.निष्क्रमण
७.अन्नप्राशन
८.चूडाकर्म
९.उपनयन
१०. केशांत
११.समावर्तन
१२.विवाह
१३.अन्त्येष्टिमा सीमित गरेका छन|

स्मृति र पुराणहरुमा सामान्यता १६ संस्कार मानिएका छन् । जसलाई जन्म, शैक्षिक, विवाह र मृत्युका संस्कारमा विभाजन गर्न सकिन्छ । जसमा चारवटा प्रमुख छन्– नामकरण, यज्ञोपवीत, विवाह र अन्त्येष्टि । यज्ञोपवीत वा उपनयन संस्कार शैक्षिक संस्कार हो ।
सबै सोह्र संस्कारहरु यस प्रकार छन्
१. गर्भाधान
२. पुंसवन
३. सीमन्तोन्नयन
४. जातकर्म
५. नालछेदन
६.षष्ठी
७.नामकरण
८. निष्क्रमण
९. अन्न प्राशन
१०. कर्णवेध
११.चूडाकर्म
१२.यज्ञोपवीत
१३.वेदारम्भ
१४. समावर्तन
१५. विवाह
१६.अन्त्येष्टि

जसमध्ये चार प्रचलित छन्
१ नामकरण
२.यज्ञोपवीत
३.विवाह
४.मृत्यु

अचेल जन्म दिन र विवाहोत्सव संस्कारको रुपमा रुढ भइसकेको छ ।
१.जन्म संस्कार
२. विवाह संस्कार

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>