बुधबारदेखि नेष्डो समृद्ध लघुवित्तको ८ लाख २८ हजार ७५० आइपीओ बिक्री खुल्ला हुने, कति दिने आवेदन ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले भोली (फागुन ११ गते) देखि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ८ लाख २८ हजार ७५० कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमा १२ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि र ४१ हजार ४३७ कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
उक्त आइपीओमा न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ । आइपीओ फागुन ११ देखि छिटोमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा फागुन २५ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।