रेडियो   टिभी

पेट्रोलियम पदार्थको मूल्यमा पूनः वृद्धि


चितवन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएर १५० रुपैयाँ पुर्‍याएको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर ५ रुपैयाँले बढाएर १३३ रुपैयाँ तोकिएको छ ।

इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>